निशान्त सुबेदि
स्याङ्जा ,वालिङ –
स्याङ्जा जिल्लाको उत्कृष्ट मानिने स्मार्ट सिटि वालिङ नगरपालिकामा आइतवारदेखी औपचारिक रुपमा स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ भएको छ । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङ्लाइ नेपालकै स्मार्ट सिटि बनाउने उदेश्यले वालिङ नगरपालिकामा स्मार्ट एप्सको सुरुवात गरिएको हो ।
वडामा हुने विभिन्न सिफारिसका कामकाजहरु डिजिटल सिस्ट्मबाट भुक्तानी सहित गर्ने नेपालकै पहिलो पालिकाको रुपमा वालिङ नगरपालिका बनेको हो । डिजिट्ल सिस्टमको शुभारम्भ कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बिज्ञान तथा प्रविधिको युगमा डिजिटल सिस्टमको शुरुवात सेवा गर्नु उदाहरणिए रहेको प्रजिअले बताएका छ्न ।