आज मिति २०७७ साल भदौ १९ गते शुक्रबार, आजको राशिफल कस्तो छ त?

0
274

आज मिति २०७७ साल भदौ १९ गते शुक्रबार । आज तपाईको राशिफल यस प्रकारको रहेको छ। तपाइकाे दिन शुभ रहाेस् शुभकामना छ  ।

 

आज मिति २०७७ साल भदौ १९ गते शुक्रबार, आजको राशिफल कस्तो छ त?, Nepali News
आज मिति २०७७ साल भदौ १९ गते शुक्रबार, आजको राशिफल कस्तो छ त?

 

आजको राशिफल : मेष राशी (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको शिलशिलामा लामो यात्रा हुने सम्भावना देखिएको छ । बिदेशी सामानहरुको व्यापार व्यवसाय एकदमै राम्रो हुदै जानेछ भने बिदेशमा कामको सिलसिलामा काम गर्न गएकाहरुका लागि आजको दिन एकदमै फलदायी हुनेछ । काम गर्दा खेरि एकदमै ध्यान दिनुहोला नत्र समस्या हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने छ । आफन्तहरु टाडिनेछन् । पढाइमा पर्याप्त समय दिन नसक्दा अरुभन्दा कमजोर हुने देखिन्छ ।

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयसम्म फाईदा हुने व्यापार व्यावसायमा लगानि गरि निकै राम्रो आम्दानी सुनिश्चित गर्न सकिने योग छ । पैसाको अभावले रोकिएका कामहरु तिब्र गतिमा सुरु हुनेछन् । स्रोत साधनको प्रयोग गरि अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा बित्तिय पेशासँग सम्बन्धित कामहरुबाट निकै राम्रो आम्दानी बढाउन सकिने योग छ । प्रेममा सफल हुने  समय रहेको छ भने जीवन साथिसँग थप आत्मिय भाव बढ्दै जाने देखिन्छ ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा पूर्ण रुपमा समर्थन पाईनेछ । नयाँ काम सिर्जना हुनेछ भने व्यापारमा प्रसस्त आम्दानी हुने देखिएको हुँदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय निकै नै फस्टाएर जानेछ र त्यसबाट एकदमै धेरै आम्दानी हुनेछ । अध्ययनमा निकै राम्रो सफलता हात लाग्ने देखिएको छ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जाने योग छ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुँदा मन निकै प्रशन्न हुनेछ ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापुर्वक जिम्मेवारी गर्न सकिएमा नाम र दाम दुवै कमाउन सकिने देखिएको  छ । साथिभाई तथा आफन्तहरुसंग रमाईलोमै बित्नेछ । पढाइ लेखाइमा निकै मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउने छ । सरकारी क्षेत्रमा तपाईको राम्रो उपश्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिने योग छ ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा समस्या आउने हुनाले खानपिनमा ध्यान दिनुपर्नेछ  । आफन्त तथा साथीभाइसँग मनमुटाब बढ्नेछ भने समय अनुसार चल्न नसक्दा अरुभन्दा पछि परिने छ । व्यापारमा तत्काल लगानी नगर्नुनै राम्रो रहने छ । पढाई लखाईमा धेरै रुची नहुदा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने जीवन साथि सँग झैँ-झगडा पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुने देखिन्छ ।

कन्या – (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार-व्यावसाय निकै राम्रो हुदै जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा तपाइको नाम अग्र स्थानमा आउने छ। पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने योग छ । नया ठाउमा नया नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरि हुनेछ । प्रेममा सफलता मिल्ने छ  ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हात पर्ने समय रहेको छ । पढाइ लेखाईमा निकै रुची बढ्नाले उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउने छ । व्यापार निकै राम्रो हुदै जाने हुनाले निकै राम्रो आम्दानि गर्ने सकिने छ । कुनै पनि प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावलि पक्षहरुसँग सम्बन्धमा थप सुधार भएर जाने छ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुदै जाने योग रहेको छ ।

बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाईलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर मिल्ने छ । साथीभाई तथा आफन्तको सल्लाह तथा सुझाबलाई मानेर अगाडि बढ्न सकेमा गन्तव्यमा सहज हुनेछ । व्यापारमा लगानि गर्न सकेमा निकै राम्रो आम्दानी हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा सफलता मिल्ने छ । 

धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा निकै  अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमाबुबासँग मनमुटाव उत्पन्न हुने देखिन्छ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइमा भने निकै कमजोर हुने देखिन्छ । कृषि तथा पशुपालन व्यवसायमा राम्रोसंग समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि प्राप्त गर्न सक्नेछ । समाजसेवामा नाम कमाउन अलि बढिनै संघर्ष गर्नु पर्ने देखिन्छ । आफन्त तथा साथीभाईसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचनी बढ्नेछ ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानो प्रयासले राम्रो काम गरि निकै राम्रो फाईदा लिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिहरुको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बनेर जाने साथै बिस्तारै नयाँ कामहरु पनि बन्नेछन् । पढाइ लेखाइमा सुधार हुनाले सफलता हात पार्न  सकिनेछ । छिमेकिहरु माझ राम्रो काम गरि प्रशिद्धि कमाउन सकिने योग छ ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवासायमाबाट निकै आम्दानि हुनेछ भने आम्दानी बढ्नाले काम गर्न जोस जागर बढ्ने छ । माया प्रेममा एक अर्कालाई बिश्वास बढ्नाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय दिन सक्नेहरुले धेरै धन तथा सम्पति कमाउन सक्नेछन् । पढाई लेखाईमा थोरै समय दिए पनि सफलता हात पार्न सकिने छ । कुटुम्बबाट आवस्यक सहयोग पाईने हुदा मन निकै खुसि रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नया काम शुरु गर्दा रामो आम्दानि हुनेछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिने योग छ । साथीभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम सुरु गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरुका लागि समयले निकै साथ दिनेछ भने नया नया प्रेम प्रस्ताब आउने योग छ । बिद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई निकै खुसि राख्न सक्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here