पूर्व एमालेबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा उर्जामन्त्री रहेकी राधा ज्ञवालीले नेपाल विधुत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङको निकै आलोचना गरेकी छिन्। मन्त्री हुँदा कुलमान घिसिङलाई आयोजना प्रमुखबाट लगेर जगेडामा राखेर कारवाही गरेकी ज्ञवालीले Yoho टेलिभिजनसँग कुरा गर्ने क्रममा कुलमान घिसिङले लोडसेडिङ हटाएको भने होइन, सिस्टम आफैले हो भनेकी छिन् । ‘कुलमानले, विजुली ल्याएको, उज्यालो गरेको भन्ने कुरामा मचाहिँ सहमत छैन,’ उनले भनिन्।
घिसिङले आफूले ल्याएको हो भनेर लाखौँ खर्च गरेर पत्रकार नै प्रचारमा खटाएको उनको आरोप रहेको छ। राधाले दावी पनि गरेकी छिनकी आयोजनामा छँदा कुलमानविरुद्ध उजुरी पनि परेको थियो। कुलमानको काम नै जनता उचाल्ने र भड्काउने भएको उनको आरोप छ। राधा २०७२ असोज १४ गते उर्जामन्त्रीबाट बाहिरिएकी थिइन्।
‘असोज २४ गते केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको र लगत्तै भारतीय समकक्षी मोदीसँग वार्ता गरेर मुजफ्फपुरदेखि गोरखपुको लाइनको सूचारु गरिएकोले विजुली आयो। ओली प्रधानमन्त्री भएपछि विजुली आएको हो,’ उनले दावी गरिन्।
उनी भन्भछिनकी ‘म मन्त्री हुँदा त देश अन्धकारमै थियो।,’ । आफू मन्त्रीबाट निस्केपछि आफूले नियुक्त गरेको पूर्वएमडीले सबै तयारी गरेको र ढल्केबरबाट विजुली आउने भएपछि कुलमानलाई ल्याएर आफूले वत्ती ल्याएर लोडसेडिङको अन्त्य गरेको भनेर प्रचार गरिएको ज्ञवालीले दावी गरेकी छिन्। लोडसेडिङ हट्नुको पछाडि आफूसहित आफूभन्दा पछाडिका मन्त्रिहरुलाई पनि श्रेय जान्छ उनको भनाई छ। ‘कुलमान आउने वित्तिकै लोडसेडिङ हटेको कुरामा भने म सहमत छैन,’ उनी भन्छिन्। उनले कुलमानलाई आफूले जगेडामा नराखेको पनि दावी गरेकी छिन्।