बिहीबार ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्दा भएको झडप नियन्त्रणमा खटिएका १८ जना नेपाल प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जना प्रहरीमा कोरोना भाइरस positive देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिनु भएको छ । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने क्रममा प्रहरीले अवरोध गरेपछि रातो मत्स्येन्द्रनाथको रथ तान्न सहभागी भएका मानिष र प्रहरीबीच झडप भएको थियो ।
त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको नेपाल प्रहरीले बताएको छ । नेपाल सरकारले कोरोना भाइरस परीक्षणका लागि स्वाब टेस्ट दिएपछि अनिवार्य आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ तर ती झडप नियन्त्रणमा गर्न खटिएको प्रहरीले स्वाब टेस्ट दिएपछि पनि भिड नियन्त्रणमा खटाएको जानकारी पाइएको छ ।
त्यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।