लकडाउन भरि नेपाली जनता कसैले भोक-भोकै बस्नु पर्दैनः प्रधानमन्त्री केपी शर्मा ओली !

0
941

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन भरि नेपाली जनता कसैलाई पनि भोक-भोकै बस्न नदिन सरकारले तयारी गरिरहेको बताएका छन् । अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँगको छलफलमा नेपाली जनता कसैलाई पनि भोक-भोकै बस्न नदिन सरकारले तयारी गरिरहेको भन्दै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरेका थिए ।

लकडाउन भरि नेपाली जनता कसैले भोक-भोकै बस्नु पर्दैनः प्रधानमन्त्री ओली, Nepal News
लकडाउन भरि नेपाली जनता कसैले भोक-भोकै बस्नु पर्दैनः प्रधानमन्त्री ओली, Nepal News

उनले नागरिकको जीवन बचाउन नै सरकारले प्रथम प्राथमिकता दिईरहेको बताउदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ बारेको सूचना प्रवाहले भयावह तस्वीर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको समस्या समाधान गर्न सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असूलीमा मात्र सरकारले ध्यान नदिइएको प्रस्ट पारेका छन् । काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति स्पष्ट पार्दै उनले भनेका छन् की “भौतिक श्रम गर्न विदेश जाने कुरामा अब युवाहरुको खासै आकर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्दछु । छिमेकी भारतले धेरै रकम रेमिटान्स अरु देशबाट भित्र्याउने गरेको छ, त्यो मध्ये छैटौँ मुलुक नेपाल रहेको त्यसैले हामीकहाँ कामको कमी छैन ।”

छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले पनि आ-आफ्ना सुझाव प्रस्तुत गरेका थिए । त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय बनाएर व्यवसायीलाई धराबमा नपार्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट .गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here