आजदेखि के खुल्ने, के नखुल्ने ? पसल अब बार अनुसार खुल्ने, हेर्नुहोस् सूची

0
3932

काठमाडौं । काठमाडौं उपत्यकामा २१ दिनपछि निषेधाज्ञा भने केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हिजोको बैठकले आज बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय गरेको थियो ।

आजदेखि के खुल्ने, के नखुल्ने ? पसल अब बार अनुसार खुल्ने, हेर्नुहोस् सूची, Nepali News
आजदेखि के खुल्ने, के नखुल्ने ? पसल अब बार अनुसार खुल्ने, हेर्नुहोस् सूची, Nepali News

त्यस्तै पसलहरु पनि समय निर्धारण गरेर मात्र सञ्चालन गर्न पाइने भएको छ । कार्यालय र व्यवसायहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न दिने सहमति भएको छ । अन्य क्षेत्रमा भने भदौ ३१ गतेसम्म निषेधाज्ञा पूर्ण रुपमा जारी नै रहने जानकारी प्राप्त भएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

यसैगरी भाँडा र भान्साजन्य साथै त्यहीँ प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने जानकारी दिईएको छ । यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने बताईएको छ ।

 

यो भिडियो पनि हेर्नुहोस

हेर्नुहोस् के खुल्ने, के नखुल्ने :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here