खुशीको खबर आजदेखि फोन गर्न, फेसबुक चलाउन र युट्युब हेर्न पैसा लाग्दैन ! तरिका यस्तो यस्तो छ

0
184

काठमाडौं । नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर उपलब्ध गराएको छ । लकडाउनमा ब्यालेन्स जेरो भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जानकारी दिएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स जेरो भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको छ ।

लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अति आवश्यक थियो । ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनका लागी मात्र हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ । सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएस मार्फत जानकारी पठाइने छ भने उक्त एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने छ । सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइने छ ।

उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ । नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । लकडाउनमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here