तिन क्याप्टेनको दादागिरी, निर्घात कुटिए सैनिक जवान – Hungama Khabar

0
130

काठमाडौं । शान्ति स्थापनाका लागि कंगोमा खटिएका तिन जना क्याप्टेन मिलेर एउटा सैनिक जवानलाई निर्घात कुटपिट गरेका छन् । क्याप्टेनहरू इन्द्र थापा, सवास हुमागाईं र योगन्द्र धिताल मिलेर सैनिक जवान नवराज माझिलाई निर्घात कुटपिट गरेको घटना यतिबेला बाहिरी रहेको छ । सैनिक जवान कुटपिटमा संलग्न भएका क्याप्टेनहरूलाई कारबाहीको दायरामा ल्याउन सैनि मुख्यालयले छानविन गर्न सुरु गरेको छ । 

कंगोमा तैनाथ गणको जवान लाइनमा कुटपिट भएको घटनाका विषयमा छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिसकेको सहायक रथी, सैन्य प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् । प्रवक्ता पौडेलले भने, कंगोस्थित गणमा कार्यरत ज्येष्ठ सेनानीको नेतृत्वमा तत्काल छानविन प्रकृया सुरू गरिसकेको छ । घटनाको प्रकृति र कारण के हो भन्ने अहिलेसम्म पुष्टी भएको छैन,पुष्टी हुने बित्तिकै कारबाही प्रकृया अगाडि बढ्ने बताइएको छ ।

सैनिक जवानलाई तिन–तिन जना क्याप्टेनहरू मिलेर अमानवीय तरिकाले कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा निकै नै व्यापक विरोध भइरहेको छ । शान्ति स्थापनाको लागि खटिएका सेनाका उच्च अधिकारीहरूबाट भएको यस्तो अमानवीय घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल भयो भन्ने विचारहरू र यतिबेला निकै नै बिरोधहरु आइरहेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले युएन मिशनमा रहेका नेपाली सेनाका सम्पूर्ण सदस्यहरूमा उच्च अनुशासन कायम राख्न प्रतिवद्ध रहेको जनाई सकेको छ । छानविन टोलीले निकालेको अन्तिम निष्कर्ष र सुझावलाई कानुनी ढङ्गले अक्षरस लागु गरिने समेत निर्देशनाले उल्लेख गरेको छ । Follow our Facebook Page “Hungama Khabar” for more News Update.

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here