नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा आफ्ना नेताविरुद्ध लेख्न नपाउने

0
1078

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) नेता-कार्यकर्ताहरुले आफुलाई चित्त नाबुजेको नेता होस वा उनीहरुको कार्य, नेकपाका कार्यकर्ता र नेताहरुले खुलेर सामाजिक संजाल मार्फत खुलेर नै बिरोध गर्दै आइरहेका थिए । उनीहरुले अहिलेसम्म खुलेरै आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आफ्नै पाटीको नेताहरुको आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लगाइने भएको छ ।

भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेखेर बिरोध गर्न नदिने निर्णय गर्न लागिएको हो । स्थायी कमिटीको बैठक अगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध केहि पनि लेख्न नपाउने भनिएको छ ।

स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा यस्तो भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेर बिरोध गर्न र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार नेकपाका कमरेडहरु र सम्वद सबैलाई यो बैठकले निर्देशित गर्दछ ।’

अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’

यो भिडियो पनि हेर्नुहोस

त्यस्तै नेकपा स्थायी कमिटीको बैठक नबस्दै अध्यक्ष केपी ओली र प्रचण्डको प्रस्ताव मिडियामार्फत बाहिरिएकोमा केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि प्रकट गर्दै फेसबुकमार्फत व्यंग्य प्रहार गरेका छन् 

केन्द्रीय सदस्य विष्णु रिजाल सामाजिक संजाल फेसबुकमा लेख्छन्, ‘नेकपा कम्ति पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिरी सक्यो’ विष्णु रिजालले फेसबुकमा लेखेका छन् ‘अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्न  नपाउदै सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न के-को हतार हो ? नेकपा स्थायी कमिटीको बैठकसम्म त पेस हुन दिए हुन्थ्यो नि !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here