मंगल ग्रहमा फेला पर्यो पानीको विशाल स्रोत – हंगामा खबर

0
155

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले दुई बर्षअघि मंगल ग्रहमा पानीको स्रोत पत्ता लगाएका थिए । वैज्ञानिकहरुले मंगल ग्रहको धरातल मुनि तीन वटा पानीका पोखरी रहेको तथ्य फेला परिसकेका थिए । यदी त्यो पानी पिउन योग्य प्रमाणित भयो भने मानव बसाई सम्भव हुने बताइएको छ ।

युरोपियन स्पेस एजेन्सी (इएसए) को स्पेसक्राफ्ट मार्स एक्स्प्रेसले सन २०१८ मा मंगल ग्रहको दक्षिणी ध्रुवमा बरफ मुनि दबिएको अवस्थामा नुनिलो पानीको विशाल पोखरी फेला पारेको थियो ।

यस अघि मंगल ग्रहमा पानी भए नभएको तथ्य पत्ता लगाउनका लागि सन २०१२ देखि १५ सम्ममा मार्स एक्स्प्रेस नामक भू–उपग्रहले २९ पटकसम्म त्यस क्षेत्रको निरीक्षण गरेको थियो । त्यस क्षेत्रमा पानीका तीन वटा पोखरी रहेको तथ्य फेला परेको थियो ।

 

मंगल ग्रहमा फेला पर्यो पानीको विशाल स्रोत

 

सन २०१२ देखि १९ सम्म मार्स एक्स्प्रेस भू–उपग्रहले त्यस क्षेत्रमा १३४ पटक परिक्रमा गरी गहन निरीक्षण गरेको थियो । यस सम्बन्धि रिपोर्ट विज्ञान पत्रिका नेचर एस्ट्रोनोमीले प्रकाशित गरेको छ । सन २०१८ मा फेला परेको पोखरीको चौडाइ २० किलोमिटर रहेको बताइएको छ ।

यो मंगल ग्रहमा पाइएको अहिले सम्मकै सबैभन्दा ठूलो पानीको स्रोत हो । यस बारेमा रोम युनिभर्सिटीकी एस्ट्रोसाइन्टिस्ट एलेना पेटिनेलीले भनिन, “हामीले दुई बर्ष अघि फेला पारेको पोखरी वरिपरि अन्य तीन वटा पोखरी पनि भेटेका छौ । मंगल ग्रहमा पानीको स्रोत फेला पर्नु निकै नै दुर्लभ घटना हो ।

सुरुको अनुशन्धानमा मंगल ग्रहको सतहमा पानी तरल स्वरुपमा रहेको केही चिन्हहरु फेला परेका थिए ।” यो सफलताले सुरुको अवस्थामा भनिए जस्तो मंगल ग्रह सुख्खा र मरुभुमी जस्तो ग्रह नभएको पुष्टि भईसकेको छ ।

वैज्ञानिकहरुका अनुसार सुरुमा पुरै ग्रहभरि पानीको भरपुर मात्रा बहन्थ्यो । तीन अर्ब बर्ष पहिले जलवायुमा आएको परिवर्तनका कारण मंगल ग्रहको पुरै रुप बदलिएको विज्ञान पत्रिका नेचर मा प्रकाशित गरिएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here