आजदेखी निषेधाज्ञा खुकुलो बनाउने तयारी ! के गर्न पाउने, के गर्न नपाउने

0
1261

काठमाडौं – उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा एक जुट भएर छलफल थालेका  छन् । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच इन्टरनेटको मदतले अनलाइन संवात भएको थियो । कोरोना भाइरस सं’क्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि नि’षेधाज्ञा लगाएको छ ।

आजदेखी निषेधाज्ञा खुकुलो बनाउने तयारी ! के गर्न पाउने, के गर्न नपाउने, Nepali News
आजदेखी निषेधाज्ञा खुकुलो बनाउने तयारी ! के गर्न पाउने, के गर्न नपाउने, Nepali News

तेस्रो पटक थपिएको निषेधाज्ञाको समय आज मध्यरातमा सकिँदै छ तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा लकडाउन खुल्ला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् । हालकै अवस्थामा लकडाउनलाई निरन्तरता दिँदा पनि जनताबाट विरोध आउन सक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी नियमहरु प्रस्तुत गर्न भनिसकेको छ । मंगलबारको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेलगायतसँग छ’लफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतले बताएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘हामी छलफलमा छौं, आज निषेधाज्ञाबारे निर्णय हुनेछ ।’

 

के हुनसक्छ मोडालिटी ?

एक अधिकारीका अनुसार निषेधाज्ञाविरुद्ध नेपाली जनतामा आक्रोश पैदा हुन थालेको निष्कर्ष गृह प्रशासनले गरेको छ । त्यसैले मोडालिटी फेर्ने पर्ने अवस्था आएको छ । ‘स्वास्थ्य मन्त्रालय र प्रहरी प्रशासनको हिसाबले निषेधाज्ञालाई कडाइ गर्नुपर्छ भन्ने सुझाब आएको छ’, उनले अनलाइनखबरसँग भने, ‘तर निषेधाज्ञाले गर्दा ज्याला मजदुरी गरेर खानेहरुलाई बाँच्न निकै गाह्रो भइरहेको छ । त्यसैले मुख्यतः आवश्यकता के हो भनेर हेर्नुपर्ने अवस्था आएको छ ।’

स्रोतका अनुसार अहिले दुई वटा प्रस्ताव आएका छन् । पहिलो – एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुल्ला गर्ने । दोस्रो – जोर–विजोर प्रणाली लागू गरेर सवारी साधन पनि चल्न दिनुपर्ने । यद्यपि जोर–विजोर प्रणाली यसै हप्ता लागू गर्ने वा एक सातापछि भन्ने टुंगो लागिसकेको भने छैन ।  भदौ ४ बाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्दै जाने कतिपय प्रशासकको विश्लेषण छ । त्यसैले तत्काललाई उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुल्ला गर्न अनुमति दिनुपर्छ उनीहरुको धारणा छ ।

लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले संसदीय समितिमा भएको छलफलमा निषेधाज्ञालाई सजीकरण गर्ने तर दशैंसम्म लैजानुपर्ने आफ्नो धारणा व्यक्त गरेका छन् । यसमा अन्य प्रशासकहरु भने सहमत छैनन्, बरु दशैंसम्म गाडीहरु जोर–विजोर प्रणालीलाई लम्ब्याउनुपर्ने उनीहरुको धारणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here