कुलमान घिसिङलाई हटाए रै छाड्ने भए, यस्तो छ डरलाग्दो चलखेल

0
456

नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिदै छ । २०७३ साल भदौ २९ गते कार्यकारी निर्देशक भएर नेपाललाई लोडसेडिङ मुक्त बनाउन मुख्य भूमिका खेलेका घिसिङको ४ बर्षिय कार्यकाल सकिन लागे संगै नेपाल बिधुत प्राधिकरणमा नयाँ नेतृत्वको लागि दौड धुप सुरु भएको छ ।

प्राधिकरणका बर्तमान र पूर्व अधिकारी पनि घिसिङले छाड्न लागेको खुसीको दौडमा छन् । कतिपय दाबेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेटघाट बढाएका छन् । सरकारले पुर्न जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरणको नेतृत्व गर्न घिसिङ आफै पनि इच्छुक छन् । लोडसेडिङ हटाएपछि प्राधिकरण सामु आएका ठुला चुनौतिहरुको बिशलेषण गरेर सरकारले जिम्मेवारी दिए आफु कार्यकाल दोहोराउन तयार रहेको घिसिङले बताउदै आएका छन् ।

यदब्बी प्राधिकरणमा भित्रिने जोडमा लागेका उम्मेदवारहरु हेर्दा घिसिङको दोहोरिने सम्भावना निउन रहेको पछिल्लो चलखेलका जानकारहरु बताउछन् । हुन पनि बिधुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीनै लागि परेको चर्चा अझै सेलाई सकेको छैन । हुन त यस बारे समाचारहरु आएपछी उनले आफु नेतृत्वको दौडमा नरहेको भन्दै सामाजिक सञ्जाल मार्फत खण्डन गरेका छन् ।

उनि लगानी बोडको प्रमुख कार्यकारी अधिकृत सीईओ पदको लागि आवेदन दिएर अन्तरवार्ताको लागि छानी सकेपछी प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार पछी हटेका थिए । लगानी बोडमा सुशील भट्ट र  ज्ञवालीलाई नियुक्त गर्ने गरि मिलाइएको चर्चा थियो । सामाजिक सञ्जालमा भने ज्ञवालीले त्यसलाई नकारेका छन् ।  नियुक्तीका लागि उनको इच्छा भने नहटेको नेकपाका श्रोत बताउछन्  प्राधिकरणको नेतृत्वमा आउन चाहेका अर्का पात्र हुन् बिधुत विकास विभागका महानिदैश्क नविन सिंह ।

लामो समयदेखि बिधुत विकास विभागमा रहेका उनलाई प्राधिकरण मात्र होइन, उर्जा मन्त्रालयका कर्मचारीले पनि खासै रुचाउदैनन् । बिभिन्न जल बिधुत आयोजनाको license वितरणमा चलखेलको आरोप परेका सिंहले प्राधिकरणको नेतृत्व पाउने सम्भावना निकै कम रहेको मानिन्छ ।

कमजोर कार्य सम्पादनका कारण हटाईएका सिंह पछि केहि तरिका लगाएर बिधुत विकास विभाग फर्कन सकेका थिए । अहिले उनि बिधुत प्राधिकरणको नेतृत्वका लागि नेताहरु रिजाउन लागि परेको श्रोत बताउछन् । यस बाहेक प्राधिकरणका पूर्व कार्यकारी तथा उपकार्यकारी निर्देशकहरु पनि प्राधिकरण फर्कन इच्छुक छन्  उनीहरुले दलका नेताहरुसंगको भेटघाट बढाएका छन् ।

यो दौडमा सबभन्दा बढी पुर्ब कार्यकारी निर्देशक मुकेश काफ्ले कसेर लागि परेको मन्त्रालय श्रोत बताउछन् ।श्रोतका अनुसार उनि पाएसम्म आफै नपाए आफ्ना बिश्वासिलो पुर्व उपकार्यकारी निर्देशक शेर सिंह भाट्टलाई ल्याउन लागि परेका छन् । यदब्बी भाट्ट भने आफु यो दौडमा नरहेको सार्बजनिक रुपमा स्पष्ट पारिसकेका छन् । प्राधिकरणकै केहि बाहलवाला अधिकारी पनि कार्यकारी निर्देशकका रुपमा काम गर्न इच्छुक छन् ।

कुलमानले घिसिङले दोहोरिने इच्छ्या देखाए पछि उनको team मा काम गरेका बाहलवाला उपकार्यकारी निर्देशकहरुलाई खुल्ला पहल गर्न अप्ठ्यारो परेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पनि कार्यकारी निर्देशक बन्ने दौडमा छन् । प्राधिकरणका एक पुर्व उपकार्यकारी निर्देशक घिसिङको इच्छा थाहा पाएपछि उनलाई समर्थन गर्दै आफुले दाबेदारि नराखेको निर्णय लिएको बताउछन् ।

 

कुलमान घिसिङको पुर्न नियुक्तिको चर्चा 

सामाजिक सञ्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुर्न नियुक्ती गर्नुपर्ने माग उठेको छ । भदौ १ गते भएको प्राधिकरणको ३५औ बार्षिक उत्सब कार्यक्रममा आधिकारिक trade unionले समेत घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन माग गरेको छ । उर्जा , जलश्रोत तथा सिचाई मन्त्रि वर्षमान पुन प्रमुख अतिथि रहेको कार्यक्रममा भएको त्यो मागले घिसिङको पुर्न नियुक्ती सम्बन्धी बहस सुरु गरेको थियो ।

नेपाल बिधुत प्राधिकरण कर्मचारी union का अध्यक्ष रामेश्वोर पौडेलले ४ बर्षमा घिसिङको नेतृत्वमा प्राधिकरणले ठुलो प्रगती गरेकोले प्राधिकरणको को ३६औ वार्षिक उत्सब पनि यहीँ teamले मनाउन पाउनुपर्ने बताएका थिए । हामी कर्मचारीलाई ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिड्न नसक्ने अवस्था थियो । अहिले म प्राधिकरणको कर्मचारी हु भनेर छाती फुलाउने अवस्था छ । यो कुलमानकै नेतृत्वमा सम्भव भएको हो सरकारले मूल्यांकन अवस्य नै गर्ने छ भन्ने अपेछ्या छ उनले भनेका थिए । 

कार्यक्रममै सामुदायिक बिधुत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले पनि १८ घण्टाको काहाली लाग्दो लोडसेडिङ अन्त्य गर्न सफल भएका प्राधिकरणको अहिलेको teamलाई नै नेतृत्व दिनुपर्ने बताएका थिए । घिसिङलाई दोहोराउन चौतर्फी माग भईरहे पनि दोश्रो कार्यकालका लागि उनि नियुक्त हुन्छन् भन्न सकिने अवस्था छैन ।

राम्रो काम गरेर सरबद्र कमाएको प्रशंसा र मिडिया प्रेमी छबि नै उनको लागि समस्या भएको प्राधिकरण श्रोत बताउछन् । कार्य सम्पादनको आधारमा घिसिङको कार्यकाल दोहोरिने सम्भावना पछिल्ला दिनमा नबढेको भने होइन् । श्रोत भन्छ यदि लोखप्रियता र कार्यसम्पादन रेचोर्दले काम गर्यो भनेचाहिँ उनले मिडिया त्यागेर अघि बढ्नु पर्ने हुन्छ ।

अहिले प्राधिकरणको संचालक समितिमा उर्जा मन्त्रि वर्षमान पुन स्स्फई छन् तर प्राधिकरणको हरेक नितिगत निर्णय सहित मार्गदर्शन गरिरहेको मन्त्रीको भन्दा बढी घिसिङको चर्चा हुने गरेको छ । पप्राधिकरणको सुधारमा घिसिङकै teamको योगदान रहेपनि ब्यक्ति केन्द्रित चर्चाका कारण घिसिङ दोहोरिन असहजता भएको मन्त्रालयका एक अधिकारी बताउछन् । उहाँ जतिकै काम गर्ने मान्छे अहिले प्राधिकरणका लागि उपलब्ध छैनन्  ।

ति अधिकारी भन्छन् केहि कुरा सुधारेर अघि बढ्ने अठोत भयो भने कुलमान घिसिङ दोहोरिने सम्भावना नकार्न सकिदैन । 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here