कुलमान भ्रष्टाचारी हुन्, उनले देशको अर्बौं रुपैया सक्काए – सरिता गिरी

0
1174

काठमाडौं । सारा नेपाली जनताले नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकिने बित्तिकै पुनः नियुक्ति सजिलै हुने सोचेका थिए किनभने घिसिङले कार्यकारी निर्देशक बने पछि उनले धेरै राम्रा काम गरेकाले उनी नै फेरी नियुक्ति  हुने नेपाली जनताले अपेक्षा गरेका थिए। तर यसो भने भएन कुलमानलाई पुनः नियुक्ति गरिएन । केही दिन अघिदेखि सामाजिक सञ्जालमात्र नभएर सञ्चार माध्यममा समेत घिसिङको पुनःनियुक्ति हुनुपर्ने आवाज उठिरहेको छ ।

उनका पक्षमा युवाहरु सडकमै उत्रेर प्रदर्शन गरिरहेका छन् । दिन-रात गरेर २४ घन्टामा १८ घन्टासम्म लोडसेडिङ सहेका नेपालीहरूका लागि कुलमान घिसिङ चमत्कारका रूपमा प्रकट भएका थिए । उनले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए तर नेपाली जनता कसैले पत्याएका थिएनन् । किनभने सबै आउथे त्यस्तै बाचा गरथे तर कसैले पनि बाचा पुरा गरेका थिएनन् । तर, अहिले नेपाल पुरै लोडसेडिङ मुक्त भइसकेको छ र सबैको घर-घरमा उज्यालो नै उज्यालो छ । घाटामा गएको प्राधिकरणको सञ्चित घाटाबाट उकासिएको छ भने वार्षिक नाफा कमाउने समेत भएको छ ।

विडम्बना, यही सफलता कार्यकारी निर्देशक कुलमान घिसिङका लागि गलपासो बन्न पुगेको देखियो । मन्त्रालयबाट घिसिङलाई नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्तुत गरिएको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरेको समाचार सार्वजनिक भएको छ । सत्ताको चरित्र र प्रवृत्ति हेर्दा केही मोलतोल हुने, बिचौलियाको मध्यस्थता अनि पुनःनियुक्ति पनि हुनसक्ने देखिन्छ । घिसिङको अहिलेसम्मको छवि हेर्दा उनले सम्झौता गर्नुभन्दा पद छाड्न रुचाउने अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले घिसिङको स्वतन्त्र कार्यशैली र लोकप्रियता नरुचाएको अनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्वमाओवादी समूह भने घिसिङका पक्षमा रहेको देखिएको छ । नेकपाका प्रवक्ता र प्रधानमन्त्रीका सल्लाहकारका लागि सामाजिक सञ्जालमा प्रकट अभिव्यक्तिले पनि यही सन्देह पुष्टि हुन्छ ।

Sarita Giri Tweet
Sarita Giri Tweet

कार्यकाल नथपिएपछि घिसिङ औपचारिक रुपमै बिदा भईसकेका छन्। कुलमान बिदा भइरहेका बेला पूर्वसांसद सरिता गिरीले ढल्केवर सबस्टेसको विषय लिएर कुलमान माथि प्रश्न उठाएकी छिन् र उनीमाथि आक्रोश व्यक्त गरेकी थिइन् । ट्वीटर मार्फत सरिताले कुलमानको समयमा विभिन्न भ्रष्ट्राचार भएको दावी गर्दै प्रश्न गर्दै जवाफ मागेकी थिइन् । धनुषामा निर्माण गरिएको ४०० केभी ढल्केवर सबस्टेसन अनावश्यक रहेको भन्दै उनले उक्त परियोजनामा भ्रष्टाचार र राज्यको रकम को दुरुपयोग भएको आरोप समेत लगाएकी छन्।

“कुलमान घिसिङ जाँदै हुनुहुन्छ । इनरुवा देखि ढल्केवर को ४०० केभी लाइनको अनावश्यक परियोजना भ्रष्टाचार र राज्यको रकम दुरुपयोगको चरम उदाहरण हो । अर्बौ रुपैयाको दुरुपयोग भएको छ । त्यसको जबाब कस्ले दिने ?”,उनले लेखेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here