भारतको आपत्तिपछि प्रधानमन्त्री ओलीले गरे, नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक

0
390

काठमाडौं । एक्कासी प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका सबै क्षेत्र समेटिएको पुस्तक वितरण नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई अतिक्रमण क्षेत्र समेटिएको पुस्तक वितरण नगर्न निर्देशन दिएका एक मन्त्रीले बताएका छन्।

पाठ्यक्रम विकास केन्द्रले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाइ रोक्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ  । हाल नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको थियो ।

सरकारले गरेको निर्णय, संसदले गरेको अनुमोदन र संविधानको अनुसूचीमा समेत समेटिएको कुरा प्रधानमन्त्री ओलीले रोक लगाएको प्रति विभिन्न सरोकारवाला निकायहरुले आपत्ति जनाई सकेका छन् । भारतीय सञ्चारमाध्यमले नेपालले आफ्नो अतिक्रमणमा परेको क्षेत्र समावेश गरेर पुस्तक तयार गरेपछि भारतले आपत्ति जनाएको थियो ।

भारत सरकारले समेत कुटनीतिक माध्यमबाट आपत्ति जनाएको स्रोतको दावी छ । भारतीय दबाबमा ओलीले यस्तो निर्णय गरेको हुन सक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here