कोरोनाले गर्दा बाचा गरिएका सबै बाचा पूरा गर्न सकिन: प्रधानमन्त्री ओली

0
538

काठमाडौं । संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट नेपाली देशबासीको नाममा विशेष सम्बोधन गर्दै  अघिल्लो वर्ष गरिएका कतिपय बाचाहरु कोरोना भाइरसको महामारीका कारण पूरा गर्न नसकिएको बताएका थिए। ओलीले  भनेका थिएकी, ‘गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ ।

कोरोना भाइरसको संक्रमणका कारण विकासको गति केही मात्र सुस्त भएको बताउँदै ओलीले कोरोना महामारीको समस्या नआएको भए मैले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा भईसकेको हुने बताए ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरा सहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाईसकेको बताए ।

यदि कोरोना महामारी नेपालमा नफैलिएको भए आज गत बर्ष नेपाली जनतासंग गरिएका बाचा मध्य कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुनेथियो।’ उनले कोरोना महामारीकै कारण केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुन नसकेको पनि उल्लेख गरेका थिए । ओलीले भने, ‘अहिलेसम्म भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको हुने थियो ।

तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भईसक्थ्यो । नेपाली जनताको घर-घरमा मेलम्चीको पानी आइसकेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिसकेको हुने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’

उनले सरकारले कोरोना महामारीबाट प्रभावित उद्योग÷व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरु अघि सारेको बताउँदै कर सहुलियत देखि बैक ब्याज एवं विधुत महसूल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भइरहेको बताए ।

विगत तीन बर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको भएपनि कोरोना महामारीका कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको समेत प्रधानमन्त्रीले बताएका थिए ।

उनले भ्रष्टाचार गर्न नदिने र भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रतिबद्धता समेत गरेका छन् । संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् नेपाली देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here