डा. गोविन्द केसिको समर्थनमा स्याङ्जामा युवाहरुको प्रर्दशन

0
211
निशान्त सुवेदी
स्याङ्जा
स्याङ्जाको वालिङ् मा आज सरकार सकारात्मक शैलीबाट चल्नु पर्छ भन्दै ३ करोड नेपालीको प्रतिनिधित्व गरि मृत्युसग नढराइ सत्यलाई आग्रह गर्दै १९ औं सत्याग्रह बस्नु भएको डा. गोबिन्द के.सि. ले उठाउनु भएको माग पूरा गर्न र चिकित्सा शिक्षामा सकारात्मक परिवर्तन गर्नु पर्छ भनी मिति २०७७-०६-१० गते शनिबारका दिन साझ ५:००बजे वालिङ्का विभिन्न बिध्यालयका विधार्थी एवं गोविन्द केसि का समर्थकले ऐक्यवद्धता जनाउँदै वालिङ् चोकमा विभिन्न प्ले कार्डहरु प्रदर्शन गरेर डा. के.सीको समर्थन वालिङ्का युवाहरुले गरेका छ्न ।

 

कार्यक्रममा डा.गोविन्द के सि को माग पुरा गर ,शैक्षिक संस्थामा राजनिती बन्द गर, दुरदराजमा मेडिकल शिक्षा खै??, डा गोविन्द के सि को अनसन मिडिकल माफियालाई टेनसन , समेटिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो । लामो समय देखी पटक-पटक अन्सन बस्नुभएको डा.के.सी को मागले देशको स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधार लौउने हुँदा यो माग सरकारले जसै पुरा गर्नुपर्छ भन्ने कुरालाई दबाब दिनको लागि प्रदर्शन गरेको कुरा प्रदर्शनकर्ताहरुले बाताएका छन् । अहिले डा.गोविन्द के.सी १९ औ अनसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here