Breaking News – साढे २ करोड कोरोनाविरूद्धको रुसी भ्याक्सिन नेपाल ल्याउन समझदारी

0
270

काठमाडौं । कोरोना भाइरस विरुद्धको साढे २ करोड डोज खोप नेपालमा ल्याउनका लागि सम्झौता भएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्स बीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो । 

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका लगभग ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए । २ करोड ५० लाख भ्याक्सिनले नेपालको लगभग ९० प्रतिशत जनासंख्यालाई समेट्न सक्ने बताइएको छ। ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग समन्वय गर्दै हामीले कोरोना भाइरस विरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं ।

ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भने, ‘हामी स्पुटनिक-५ को अन्तिम परीक्षणको पर्खाइमा छौं र नेपाल सरकारको इजाजतको समेत आवश्यकता पर्ने भएकाले त्यसको समेत पहल गरिरहेका छौं।’ नेपालमा ल्याइने भनिएको ‘स्पुटनिक-५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ। रुसी फन्डले यस सम्झौता सम्बन्धी समाचार आफ्नो वेबसाइटमा समेत प्रकाशित गरिसकेको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here