बीर अस्पतालमा कोरोनाबाट मृ*त्यु भयो भनिएका ब्यक्तिको घाँटी र आँखामा गम्भीर चोट

0
873

काठमाडौँ । काठमाडौँको बीर अस्पतालमा एक कोरोना संक्रमित भनिएको व्यक्तिको मृ*त्यु भएको छ । शनिबार उपचारको क्रममा रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृ*त्यु भएको अस्पतालले जानकारी दिएको छ । रामको मृ*त्युपछि कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले बताएको छ ।

तर राम लखनको परिवारले भने राम लखन जैसवालको ह*त्या नै भएको दाबी गरिरहेका छन् । कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन असोज २२ गते जेलमुक्त हुने दिन थियो । कारागार प्रशासनले जैसवालको कोरोनाका कारण ज्यान गएको खबर गरेपछि परिवार काठमाडौँ आएका थिए । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि छ र सो अनुसार आफन्तलाई श*व भने दिएको छैन ।

कोरोना भाइरस संक्रमण भएको भन्दै राम लखनको परिवारलाई शव हेर्न नदिएपछि मंगलबार मृ*तक राम लखनकी छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगेकी थिईन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी थिइन् । भिडियोमा मृतक राम लखनको घाँटी, टाउँको र आँखामा निकै नै चोट देखिएको छ ।

यससंगै घटना शंकास्पद भएको भन्दै आफन्तले घटनाको तुरुन्त छानबिन हुनुपर्ने तथा श*वको पोष्ट मार्टम गर्नुपर्ने माग राखेका छन् । जेल प्रशासनले भने उपचारको क्रममा स्वाभाविक मृ*त्यु भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here