आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने पक्का-पक्की भईसकेको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि बडेको भने होइनन् । उनको चाहना भनेचाहिँ उपप्रधानमन्त्री नभए अर्थमन्त्री बन्ने प्रस्ट देखिएको छ ।
बामदेवले अर्थमन्त्रालय पदको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको कुरा बाहिरि रहेको छ । आर्थिक मामलाका जानकार नभएपनि उनले (नेपाल कम्युनिस्ट पार्टी) नेकपाको चुनावी घोषणापत्र अनुसारको बजेट प्रस्तुत गर्ने तयारी गरिसकेका छन् । यस्तो बजेट पुरक बजेट हुन सक्ने देखिएको छ ।
बामदेवले संविधानमा उल्लेख भए अनुसार समाजवाद उन्मुख देश बनाउन आर्थिक नीति लागु गर्ने सम्मको तयारी गरे सकेका छन् ।
बामदेव गौतमको यी तयारीका बाबजुद उनी अर्थमन्त्री बन्ने निश्चित भने देखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफ्नै पछ्येमा राखेका छन् । डा. युवराज खतिवडाले राजीनामा दिए लगत्तै ओलीले आफूसँग राखेको अर्थ मन्त्रालयको जिम्मेवारी बामदेवलाई दिने संकेत अझैसम्म पनि गरेका छैनन् तर बामदेवलाई सरकारमा लाने कि नलाने भन्ने विषयले नेकपाभित्र ठुलो विवाद जन्माउने सम्भावना भने देखिएको छ ।