वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

0
837

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्।सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । वामदेव राष्ट्रियसभा सदस्य मनोनित भएका राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।

‘सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई मनोनित गर्नुभएको छ। अब उक्त सूचना संसद सचिवालयमा जान्छ,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव अधिकारीले बताए। गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले वामदेवलाई मनोनयनको लागि सिफारिस गरे अनुसार नै बिहीबार राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् ।

राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डाक्टर युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालको चुनावमा बर्दियाबाट पराजित भएका (नेकपा) का पार्टी उपाध्यक्ष वामदेवलाई सदस्य बनाउने निर्णय गरिएको थियो ।

गत सोमबार भएको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जान्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार वामदेवको सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रियसभामा खाली छ। २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई नेकपाले राष्ट्रियसभामा पठाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here