अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या गरिएको छ ।

0
697

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । हत्यारा बर्दिया बाँसगढी नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय अजय बिक हुन् । उनले आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा बिहिबार बेलुका नेपाल प्रहरीले पक्राउ गरेको छ ।

अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या गरिएको छ, Nepal News
अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या गरिएको छ, Nepal News

घरायसी विवादमा भएपछि बिकले श्रीमती पार्वती खड्कालाई छुरा प्रहार गरे । बिकको प्रहारबाट पार्वती गम्भीर घाइते भईन र छिमेकीले यस घटनाको बारेमा प्रहरीलाई खबर गरिदिए । छुरा प्रहार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको थियो । बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा घाइते पार्वती खड्काको मृत्यु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here