भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

0
1094

काठमाडौं । अन्तत नेपालमा भारतीय न्युज च्यानलको प्रशारणमा प्रतिबन्ध लगाइएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । विहिबार साँझदेखि भारतीय न्युज च्यानलको प्रशारण च्यानल वितरक कम्पनीहरुले बन्द गरेका हुन् ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले भनेका छन् की बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय समाचार च्यानलहरुकोको प्रसारण रोक्ने निर्णय भएको छ । भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी विरुद्ध लञ्छनायुक्त समाचार सामग्रीहरु प्रशारण गरीरहेका छन् ।

नेपाललाई भारतको चेतावनी, फेरी नाकाबन्दी गर्छौं !

 

भारतीय सञ्चार माध्यमहरुले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले कडा रुपमा त्यस्ता च्यानलहरुको प्रशारण नेपालमा प्रतिबन्ध गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष शर्मालेको भनेका छ ।

उनको भनाई अनुसार आफूहरुले भारतीय न्युज च्यानलको प्रशारणमा प्रतिबन्ध गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्यले ठोस नीति बनाउनु पर्छ र इन्टरनेटबाट आउने त्यस्ता सामग्री रोक्न सकारले नीति ल्याउनुपर्ने उनको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here