Sushant Singh Rajput – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्मह*त्या

0
2547

Sushant Singh Rajput – काठमाडौं । बलिउड फिल्मका कलाकार सुशान्त सिंह राजपुतले आज आत्मह*त्या गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले उनले मुम्बईस्थित आफ्नै घरमा आत्मह*त्या गरेको जनाएका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा ३४ बर्षिय राजपुतले झुन्डिएर आत्मह*त्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

 

sushant singh rajput death photos,nepal news
sushant singh rajput death photos

 

Sushant Singh Rajput लकडाउन देखि घरमा एक्लै बस्दै आइरहेका थिए । सुशान्त सिंह राजपुतले गरेको आत्महत्याले पुरै बलिउड अहिले शोकमा डुबेको छ । एक हप्ता अघि मात्र उनकी पूर्व व्यवस्थापक दिशन सालियानले आत्मह*त्या गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमको जानकारी अनुसार सुशान्तका साथीहरुले भारतीय प्रहरीलाई उनको आत्मह*त्या बारे खबर दिए पछि प्रहरी घटनास्थलमा पुगेको छ । आत्मह*त्याको कारण डिप्रेसन भनेर बाहिर हल्ला भए पनि भारतीय प्रहरीले अहिले सम्म पुष्टी गरेको भने छैन ।

आत्मह*त्याको कारण हालसम्म खुल्न भने सकेको छैन । भारतको बिहारमा जन्मिएका सुशान्तले पिके, सुद्ध डेसी रोमान्स, काइ पो चे, केदारनाथ र क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपीकमा बनाइएको मूभी एमएस धोनीमा लिड रोलको रुपमा अभिनय गरिसकेका छन् । धोनीको बायोपी मूभी एमएस धोनीमा उनले गरेको अभिनयलाई दर्शकले निकै रुचाइएको थिए ।

सांसदहरुकाे आराेप : क्वारेन्टिन जेल र गोठ जस्तो भयो

उनले बलिउड फिल्माममा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । राजपुतले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिलबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यस सेरिअल पछि उनले पवित्र रिश्तामा काम गर्ने मौका पाए र छोटो समयमै उनि निकै लोकप्रिय बन्न पुगे ।  यी दुई टेलिशृङ्खलामा काम गरि सके पछि उनको अभिनयलाई दर्शकहरुले झन् धेरै मन पराए र पहिला भन्दा धेरै लोकप्रिय बन्न पुगे ।

टेलिभिजनको क्षेत्रमा पाएको लोकप्रियले गर्दा राजपुतलाई चलचित्रमा अभिनय गर्नको लागि प्रस्ताव आयो र उनले काय पोचे नाम गरेको हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाएका थिए । राजपुतले वाणी कपूर र परिनिती चोपडासँग चलचित्र शुद्ध देशी रोमान्समा अभिनय गर्ने मौका पाए र सो चलचित्रको सफलता पछि उनले हिन्दी चलचित्र क्षेत्रमा निकै चर्चा पाएका हुन् । 

सुशान्तले भारतीय  क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपीकमा बनाइएको मूभी एमएस धोनीमा मुख्य भूमिका निर्वाह गरेका थिए । भारतीय टेलिश्रृंखलाहरूमा आफ्नो राम्रो स्थान बनाउन भएका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय सुशान्तले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’ फिल्ममा अभिनय पनि गरेका थिए । सुशान्त राजपुत लकडाउन भए यता बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा एक्लै बस्थे आएका थिए । उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् तर भारतीय प्रहरीले भने केहि भनेको छैन अहिलेसम्म । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here