साउदी अरबको जेद्दाबाट २५३ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स

0
358

साउदी अरब : काठमाडौँ । कोरोना भाइरसको महामारीको कारण धेरै जना नेपाली नागरिक विदेशमा अलपत्र परेर बसेका छन् । ति समस्यामा परेका नेपालीलाई अहिले नेपाल सरकारले धमाधम स्वदेश फिर्ता गराई रहेको छ । यो एकदमै राम्रो कदम चलेको छ नेपाल सरकारले ।

आज पनि साउदी अरबको जेद्दा शहरस्थित किङ अब्दुलजिज विमानस्थलबाट २५३ जना नेपाली नागरिक बोकेर नेपाल एयरलाइन्सको उडान न: २१९४ जहाज काठमाण्डौको लागि उडीसकेको छ । कोरोनाको महामारीको कारण लामो समय देखि नेपाल फर्कनको लागि नेपाली कन्सुलेट जनरल जेद्दामा नेपाल फर्कनको लागि फारम भरेर जानकारी गराएका नेपालीहरु नेपाल फर्कन प्रतिक्षा गरेर बसेका जेद्दा र आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको चार्टर जहाज जेद्दा पुगेको थियो । 

 

साउदी अरबको जेद्दाबाट २५३ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स,nepal news
साउदी अरब

 

यता, आजै कोरोना भाइरसको महामारीको कारण नेपाल फर्कन नपाएका श्रमिकहरू मध्ये १५४ जना नेपाली श्रमिकहरूलाई लिएर साउदी अरबको दम्माम बाट हिमालय एयरलाइन्सले दोस्रो उडान गरेको छ । नेपाली दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपाली नागरिकहरु कोरोना भाइरसको महामारीको गर्दा अलपत्र परेका छन् र  उनिहरुलाई तत्काल स्वदेश फर्काउनु पर्ने अवस्था छ । 

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले नेपाल फर्कनको लागि  फारम भरिसकेका छन् । यसअघि साउदीबाट ३ वटा उडानमार्फत ४ सय नेपालीहरु स्वदेश फिर्ता भइसकेका छन् ।  कोरोना भाइरसको कारण साउदी अरबबाट मात्र नभई बिभिन्न खाडी मुलुक देशहरु जस्तै युएई (दुबई ), कतारबाट पनि कोरोना भाइरसको कारण समस्यामा परेका नेपाली नागरिकहरुको नेपाल सरकारले उद्धार गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here