आज मिति २०७७ साल असार ३  गते बुधबार, आजको राशिफल कस्तो छ त?

0
921

आज मिति २०७७ साल असार ३  गते बुधबार । आज तपाईको राशिफल यस प्रकारको रहेको छ। तपाइकाे दिन शुभ रहाेस् शुभकामना छ  ।

 

आज मिति २०७७ साल असार ३  गते बुधबार, आजको राशिफल कस्तो छ त?
आज मिति २०७७ साल असार ३  गते बुधबार, आजको राशिफल कस्तो छ त?

 

आजको राशिफल : मेष राशी – नयाँ मानिसहरुसंग भेटघाट हुने छ । प्रतिस्पर्धा नगरिकन फाइदा हुने योग देखिन्छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । आज शुभकार्यको चर्चा चल्ने सम्भावना बडी देखिन्छ ।

वृष राशी – काम नबन्नाले जीवन देखि दिक्क लाग्ने छ । यात्रा गर्दा ध्यान दिनुपर्ने छ नत्र मालसामान हराउन सक्ने छ ।  कारोवारमा आर्थिक संकट आउने छ । कार्य गर्दा निकै समस्या आउँला ।

मिथुन राशी – शुभारम्भको चर्चा चल्ने छ । धर्म, कर्ममा निकै मन लाग्ने देखिन्छ । व्यवसायका लागि छोटो यात्राको सम्भावना छ भने नयाँ योजनाको सृस्ति हुने छ । 

कर्कट राशी – आजको दिन तपाईको एकदमै रहने छ र अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । व्यापार व्यवसायमा सफलता हात पर्ने छ । आफन्तको सहयोगमा कार्य पुरा हुने छ ।

सिंह राशी – प्रेममा सफलता मिल्ने छ साथै कार्य प्राप्तिको पनि सम्भावना देखिन्छ । धनार्जन हुने स्रोतहरु पत्ता लाग्ने योग छ । रोजगारको अवसर मिल्ने सम्छभावना छ ।

क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक ब*लात्कार

कन्या राशी – यात्रा गर्दा निकै नै ध्यान दिनुपर्ने देखिन्छ । मन खिन्न हुने स्थिति उत्पन्न हुने छ । कार्य गर्दा बाधा आउने देखिन्छ । नाक, घाँटी तथा खुट्टामा समस्या आउँने देखिन्छ ।

तुला राशी – इनाम र प्रतिष्ठा कमाउने योग छ । लाभदायक यात्राको योग रहेको छ । परिवारको  साथ सहयोगले उल्लेख्य कार्य सुरु हुने देखिन्छ । तुला राशि हुने हरुको लागि आजको दिन भौतिक सुखदय हुने छ ।

वृश्चिक राशी – मन निकै प्रशन्न रहने छ र अपुरो काम पूरा हुन सक्छ । आज तपाइको धर्म, कर्ममा निकै नै मन लाग्ने देखिन्छ । लामो समय देखि भेटघाट नभएका आफन्तसंग भेटघाट हुनेछ ।

धनु राशी – आफन्तहरुको निकै नै सहयोग प्राप्त हुनेछ । आज तपाईको अनुहारमा कान्ति र मनमा शान्ति छाउने देखिन्छ । आज शरीर निकै नै फुर्तिलो रहने छ ।

मकर राशी – नयाँ सवारी साधनको प्राप्ति होला । मुद्दा-मामिलामा तपाईलाई विजयी प्राप्त हुने देखिन्छ । घरमा अतिथीको आगमन हुनेछ र घरमा खुशीयाली छाउने छ । आजको दिन तपाइको सुखद् रहने छ ।

कुम्भ राशी – कुम्भ राशिफल हुने व्यक्तिहरुको लागि आजको दिनलाई उपलब्धिमूलक बनाउन सकिनेछ । आज  आफन्तहरुबाट सहयोग प्राप्त हुनेछ । विद्या र बुद्धिको विकास हुने देखिन्छ । आज तपाईको मन निकै नै प्रशन्न रहने छ ।

मीन राशी –  मीन राशिफल हुने व्यक्तिहरुको लागि आजको दिन लक्ष्मी तथा सरस्वती दुवैको कृपा प्राप्त हुने योग छ । आज तपाईको शुभ कार्यको चर्चा चल्ने देखिन्छ । तपाईको श्रमको उचित मुल्याङ्कन हुने योग छ । मित्र आफन्तबाट विशेष सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार आउँला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउने छ । आयआर्जनको  क्षेत्रमा पनि सुधार आउने छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here