नेपाललाई भारतको चेतावनी, फेरी नाकाबन्दी गर्छौं !

0
758

काठमाडौँ । दुई देशको आ-आफ्नो अडानले गर्दा नेपाल र भारत बीच भइरहेको सीमा विवादले उग्र रुप लिई रहेको छ । नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर निकालेको नयाँ नक्शा प्रति भारतले फेरि आपत्ती जनाएको छ ।

 

नेपाललाई भारतको चेतावनी, फेरी नाकाबन्दी गर्छौं ! भारत- नेपाल विवाद, nepal news,nepali news
नेपाललाई भारतको चेतावनी, फेरी नाकाबन्दी गर्छौं ! भारत-नेपाल विवाद

 

लिपुलेक, कालापानी र लिम्पियाधुराको विवादलाई लिएर नेपाल पछि नहट्ने देखिएसँगै भारतले पटक-पटक धेरै अघि देखि नै आपत्ति जनाइरहेको छ। नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नेपालको नयाँ नक्शा प्रति भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भनेका छन् की – ‘भारतले सीमाको विषयमा पहिलै आफ्नो भनाई राखिसकेको र भारतीय भूभाग समावेश गरेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति जनाई सकेको छ ।’

नयाँ नक्शा पारित गरिसके पछि नेपाल र भारतको कूटनीतिक सम्बन्धमा संकट देखिएको छ । भारतले आरोप लगाईरहेको छ की नेपालले दाबी गरेको भूभाग कृत्तिम रहेको छ र उक्त निर्णयले सीमा मुद्दाहरुमा हुने वार्ताको दूई पक्षिय (नेपाल र भारत) साझेदारीलाई उल्लंघन गर्न खोजीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उत्पन्न पछिल्लो समस्या बारे उल्लेख गर्दै अब भारत कडा रुपमा प्रस्तुत हुने भारतीय सञ्चार माध्यमले बताएको छ ।

क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक ब*लात्कार

नेपालले लिपुलेक,कालापानी र लिम्पियाधुरा भूभाग समावेश गरेर निकालेको नयाँ नक्शा जारी गरे पछि नेपालले भारतलाई पटक-पटक नेपालसंग वार्ता अनुरोध गरिरहे पनि भारतीय पक्षबाट कुनै प्रतिक्रिया भने आएको छैन । प्रधानमन्त्रीस्तरबाट भने अप्रिल १० मा टेलिफोन संवाद भएको थियो,’ त्यसमा कोरोनको कारण भएको महामारी र तत्काल उत्पन्न भएको सीमा विवादलाई लिएर संवाद भएको थियो ‘।

नेपालले चालेको कदमले भारत र नेपाल दुई देशबिचको सम्बन्धमा धक्का पुगेको भनिएको छ । भारतले सीमा विवादीत क्षेत्रमा हस्तक्षेप र जबरजस्ती गर्न सक्ने संकेत गरेको छ । नेपाल पछि नहटे सन् २०१५ मा भारतद्वारा गरिएको नाकाबन्दी पुनः उत्पन्न हुन सक्ने जनाइएकोे छ । भारतले प्रभावकारी र आक्रमक कदम चाल्न सक्ने भारतीय सञ्चार माध्यमहरुले बताईरहेका छन् ।

नेपालले लिपुलेक,कालापानी र लिम्पियाधुरा भूभाग दाबी गरेर नयाँ नक्शा जारी गरे पछि भारत भने नेपालसंग निकै रुष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here