नेपालमा कोरोनाको कारण जनता भोकभोकै,मन्त्री दुई करोड सात लाखको गाडी किन्दै

0
500

काठमाण्डौँ । नेपालमा बजेट अभावले धेरै प्रदेशमा राहत वितरण रोकिएको छ तर यतिबेला प्रदेश १ का एक मन्त्रीचाहिँ दुई करोड सात लाख ५० हजारको गाडी खरिद गर्न लागेका छन् । मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन्, जसले अहिले नेपाली जनता खाना खान नपाएर भोकभोकै रोइरहेको बेला आफुचाहिँ जनताको पैसाले मोजमस्ती गरिरहेका छन् । 

 

नेपालमा कोरोनाको कारण जनता भोकभोकै,मन्त्री दुई करोड सात लाखको गाडी किन्दै
नेपालमा कोरोनाको कारण जनता भोकभोकै,मन्त्री दुई करोड सात लाखको गाडी किन्दै

 

यस्तो आपतको बेला सरकारले जनतालाई राहत बाड्न बजेट छैन भनिरहेको छ तर उनकै मन्त्रिचाहिँ कसरी दुई-दुई करोडको गाडी किन्न लागि रहेको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमणले देशको आर्थिक क्षति पुर्‍याउने भएकाले गाडीलगायतका सामग्री खरिद नगर्ने स्पष्ट नीति ल्याए पनि प्रदेश १ का जगदीश कुसियतलाई भने सरकारी नीतिले प्रभावित गरेको छैन ।

नेपालमा चैत ११बाट लकडाउन सुरु भएको थियो भने मन्त्री कुसियतको मन्त्रालयले पहिलोपटक चैत १८ मा सूचना प्रकाशित गरेर गाडी खरिद गर्न टेन्डर जारि गरेको थियो । नेपालमा covid-19 संक्रमण फैलिएर जनताले दुःख पाइरहेको बेला पनि खरिद प्रक्रिया रोकिएन । बोरु जेठ १२ मा मन्त्रीका लागि दुई करोड बराबरको गाडी खरिद गर्ने टुंगो लाग्यो ।  यस्तो आपतको वेला मन्त्रालयका लागि ८५ लाख मूल्य बराबरका दुईवटा पिकअप भ्यान पनि खरिद गर्न लागिएको छ । 

मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहको अनुसार यस प्रदेशका अन्य मन्त्रीहरूले चढे अनुसारको गाडी मन्त्री कुसियतले पनि चढ्न लागेका हो यसलाई अन्यथा मान्नु नहुने बताएका छन् । अहिले मन्त्री जगदीश कुसियतज्यूले पुरानै गाडी चढिरहनु भएको छ, अरू मन्त्रीको नयाँ गाडी छ तर उहाको छैन । सबैको बराबर होस् भनेर उहाको लागि पनि गाडी खरिद गर्न लागिएको,’ उनले भनेका छन्  ।

तर, प्रदेश १ को सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग जुटाउनको लागि  ‘कोरोना सुरक्षा कोष’ स्थापना पनि गरेको छ । कोरोना महामारीविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्दै विभिन्न संघसंस्था र व्यक्तिले कोषमा दुई–चार हजार देखि दुई–चार लाखसम्म सहयोग गरेका छन् । जेठ १९सम्म यो कोषमा १९ करोड ४३ लाख ३६ हजार पाँच सय ८० रुपैयाँ जम्मा भएको थियो भने त्यसमध्ये खर्च भएकोबाहेक यो कोषमा अहिले ११ करोड ५७ लाख ७६ हजार चार सय ३० बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here