हिमानी कोषले फेरी कोरोना संक्रमण नियन्त्रणका लागि गर्यो ठुलो सहयोग !

0
2584

काठमाडौं । विश्वभर यतिबेला कोरोना भाइरसको महामारी फैलिरहेको अवस्था छ । चीनको उहानबाट सुरु भएको उक्त कोरोना भाइरस अहिले विश्वभरी फैलिरहेको अवस्था छ। यतिबेला सबै राष्ट्रमा यो कोरोना भाईरस फ़ैलिएपछि प्राय सबै मुलूक त्रसित बनेका छन् । कोरोना भाईरसको महामारीले नेपाललाई पनि छोडेन । नेपालमा यतिबेला धुप्रै मात्रामा कोरोना संक्रमितको संख्या बडी रहेको छ ।

 

हिमानी कोषले फेरी कोरोना संक्रमण नियन्त्रणका लागि गर्यो ठुलो सहयोग !
हिमानी कोषले फेरी कोरोना संक्रमण नियन्त्रणका लागि गर्यो ठुलो सहयोग !

 

भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेसंगै यतिबेला नेपालमा धेरै मानिसहरुमा कोरोना संक्रमणको positive देखिएको छ ।  संक्रमितको संख्या यतिबेला ३ हजार नाघिसकेको छ भने १ लाख भन्दा बढी मानिसहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । हिजो शनिबार मात्रै ३ सय २३ जनामा थप संक्रमणको पुष्टि भएको थियो । हिमानी कोषले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि धेरै संघ संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

हिजो आयोजित कार्यक्रममा हिमानी कोषले प्रसुती अस्पताल थापाथली, सुदुरपश्चिमको गौरीफन्टा नाका तथा नेप्सेम्याक नामक फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । साथै कोषले प्रसुति गृहलाई २ सय थान पिपिई र त्यहीँ मात्रामा N-96 मास्क, स्यानिटाईजर उपलब्ध गराएको थियो । गौरीफन्टाको लागि एक सय थान पिपिई, पच्चिस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी उपलब्ध गराएको थियो भने फोहरमैला संकलन केन्द्रलाई दश थान पिपिई, १०-१० थान सर्जिकल मास्क तथा युटिलिटि ग्लोब्स लगायतका सामाग्री पनि उपलब्ध गराएको थियो ।

 

अब बस भित्रनै पार्टी गर्न मिल्ने – Nepali News – Party Bus Nepal – Nepal News

 

यो भन्दा अघि पनि उक्त कोषले विभिन्न संघ संस्था तथा सञ्चारमाध्यमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईरहेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत कोरोना नियन्त्रणका लागि उक्त हिमानी कोष मार्फत दुई करोड रुपैया सरकारको राहत कोषलाई उपलब्ध गराएका थिए । यतिबेला नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भई सकेको छ । एकातिर संक्रमितको संख्या तिब्र रुपमा बढ्दै छ भने अर्को तिर कोरोना संक्रमणलाई जितेर निको भएर घर फर्कनेको संख्या पनि प्रत्यक दिन बढीरहेको छ । 

यतिबेलासम्म ३ सय ६५ जना संक्रमितहरुको भने सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् । हाल २ हजार ८ सय ५७ जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदैछ । संक्रमित व्यक्तिहरुलाई आफ्नो-आफ्नो प्रदेशमा बनाइएको कोरोना विशेष अस्पतालमा स्वास्थ्यकर्मीको  निगरानीमा राखिएको छ भने ती सबै संक्रमितको स्वास्थ्य अवस्था यतिबेला सामान्य रहेको जानकारी दिईएको छ । कोरोना भाईरसले २ सय १० देश तथा क्षेत्रमा आफ्नो आतंक मच्चाईरहेको छ भने ६९ लाख भन्दा बढी व्यक्तिहरुमा संक्रमण पुष्टी भईसकेको छ । 

त्यसै गरि ३ लाख भन्दा बढी मान्छेको कोरोनाले ज्यान लिइसकेको छ र अहिले कोरोना भाइरसले  सबैलाई त्रसित बनाइ रहेको छ । यस भाइरसबाट सुरछित हुनको लागि मानिसहरु विभिन्न उपायहरु अपनाइरहेका छन्। यसबाट बाच्न अहिले सामाजिक दूरीका नियम अपनाउनुको विकल्प नभएको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here