काठमाडौं । कोरोनाको कारण धेरै मानिसहरु तर्सित थिए कि अमेरिकन डीभी चिठ्ठाको नतिजा अब कति बर्ष सम्म नखोल्ने भयो भनेर । तर अब तपाईहरु आतिनु पर्दैन डीभी चिठ्ठाको नतिजा आज शनिबार प्रकाशन हुने भएको छ। डीभी चिठ्ठा भनेको अमेरिकामा स्थायी बसोबासको गर्न पाउने अनुमति हो ।
नेपाली समयअनुसार शनिबार राति ०९:४५ बजे यस अमेरिकन डीभी चिठ्ठाको प्रकाशन हुने अमेरिकी दूतावासले जानकारी दिएको छ । त्यसको लागि सबैभन्दा पहिला तपाईसंग कन्फर्मेसन नम्बर हुनुपर्ने छ र त्यस कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा गएर आफ्नो नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ।
नम्बर बिर्सनु भएको छ भने पनि तपाईहरु तनाब नलिनुस तपाइले Forgot Confirmation Number मा क्लिक गरी मागे गरेको विवरण दिएर आफ्नो अमेरिकन डीभी चिठ्ठाको नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ । ‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा नै गर्नुपर्नेछ।’ सोधपुछको लागि अमेरिकामा रहेका नेपालीले ९७०३०९८८९३४२८ मा सम्पर्क गर्नुपर्ने दूतावासको सूचनामा उल्लेख छ ।
➤ नेपालमा कोरोनाको कारण जनता भोकभोकै,मन्त्री दुई करोड सात लाखको गाडी किन्दै
यसपाली अमेरिकन दूतावासले डीभी परेको जानकारीबारे कुनै पनि इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने अमेरिकन दूतावासले बताएको छ। कोरोनको कारण सीमित कर्मचारी भएकोले यो सुबिधा दिनलाई कठिनाई भइरहेको अमेरिकन दूतावासले बताएको छ ।
कोरोनको त्रासको कारण हुदा-हुदै पनि अमेरिकाले डीभी चिठ्ठाको नतिजा आज प्रकाशन गर्ने भएको छ । यो नेपाल लगाएत थुप्रै राष्ट्रहरुको लागि जहाँ डीभी चिठ्ठा समावेश गरिएको छ ति देशको नागरिकहरुको जो आफ्नो डीभी चिठ्ठाको नतिजा हेर्नका लागि उत्साहित छन्, उनीहरुको लागि यो एकदमै ठुलो खुसीको खबर हो ।