नेपालमै तयार भयो कोरोनाविरुद्धको खोप, परीक्षण गर्न माग

1
511
Share This Post
  • 227
    Shares

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा तयार पारिएको दाबी गरिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सो कलेजका प्रा.डा ललितकुमार दासले भनेका छन् कि उनले सो खोप ६४ दिनको कडा परिश्रम पछि खोप तयार गरेको दाबी गरेका छन् । 

 

नेपालमै तयार भयो कोरोनाविरुद्धको खोप, परीक्षण गर्न माग,nepal news
नेपालमै तयार भयो कोरोनाविरुद्धको खोप, परीक्षण गर्न माग

 

उनी वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष पनि हुन् । उनले यसअघि हर्बल सेनिटाइजर पनि बनाइससेका छन् । नेपालमा सीमित स्रोतसाधन मात्र छ, सीमित स्रोतसाधन भए पनि डा.दासले अत्यन्त सूक्ष्मतापूर्व अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको बताएका छन् र यो खोपलाई छिटै परीक्षण प्रक्रियामा लगिने जानकारी पनि दिएका छन् । 

एक हप्ता अगाडि मात्र वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालाको निरीक्षण गरेका थिए । उनले भनेका थिए कि खोप निर्माण हुने बितिकै परीक्षण गराइने छ ।

डा.दासले वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएको थियो । उनको अनुसार उक्त कोरोना भाइरसविरुद्धको खोप विभिन्न स्वास्थ्यबर्द्धक जडिबुटी प्रयोग गरेर निर्माण गरिएको हो । उनले केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति मदतले कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरेका हुन् ।

सो कलेजका प्रमुख विजय यादवले ‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्नको लागि सबैसँग आग्रह गरेका छन् । कलेजका प्रा.दामोदर गैरेले पनि डा.दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गरे । कलेजका प्रा.दामोदर गैरेले पनि डा.दासले बनाईरहेको कोरोनाविरुद्धको खोप सफल पार्न सहयोगी हुने विचार व्यक्त गरेका छन् । 

प्रा.दामोदर गैरेको आग्रह छकी यसको छिटो भन्दा छिटो परीक्षण गर्नुपर्छ । कृष्ण पाण्डेले माग गरेका छन् कि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप अनुसन्धानप्रति ध्यान दिओस ।


Share This Post
  • 227
    Shares

1 COMMENT

  1. Dr das बनारस (भारत) मॉ पड़नू भाको रहेछः होईट येसतो को बिस्वास हुन्न ।। so from my side “NO to go for trial”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here