भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा सबै सेवा बन्द

0
681
Share This Post
  • 601
    Shares

भक्तपुर। भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि उक्त अस्पतालको सबै सेवा बन्द गरिएको छ । सुत्केरी महिला व्यथा लागेपछि आइतबार साँझ भक्तपुर अस्पतालमा ल्याइएको थियो । उनी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय महिलाको हिजो राति मृत्यु भएको हो ।

 

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा सबै सेवा बन्द,nepal news,nepali news
भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा सबै सेवा बन्द,nepal news,nepali news

 

सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्कामा अस्पतालको सबै सेवा अहिले बन्द गरिएको अस्पताल प्रशासनले बताएको छ । महिलालाई खोकी लाग्नुको साथ-साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । महिलाको आरडिटी परीक्षणमा भने कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

सांसदहरुकाे आराेप : क्वारेन्टिन जेल र गोठ जस्तो भयो

मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाबको नमुना लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ र रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताएका छन् । मृत्यु भएकी महिला शव भने अस्पतालमा नै राखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर परीक्षण रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताउनु भएको छ । उहाँले अस्पतालमा भने विशेष सजगता अपनाइएको बताउनु भएको छ ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालको अनुसार मृतक महिलाले नियमितरुपमा सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएको जानकारी पनि दिनुभएको छ । चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यहीँ २० गतेदेखि नै केएमसी अस्पतालको सेवा बन्द भए पछि सुत्केरी हुनको लागि भक्तपुर अस्पताल आएको उहाँले जानकारी दिनुभएको छ । महिलाको शव भक्तपुर अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ नै रहेको अस्पतालले बताएको छ ।


Share This Post
  • 601
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here