सांसदहरुकाे आराेप : क्वारेन्टिन जेल र गोठ जस्तो भयो

0
343
Share This Post
  • 327
    Shares

काठमाडौ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको जोखिमबाट जनतालाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् । हिजोको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले क्वारेन्टिन व्यवस्थित हुन नसकेको हुँदा क्वारेन्टिन व्यवस्थित पार्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

“क्वारेन्टिन व्यवस्थित हुन सकेको छैन, क्वारेन्टिन , जेल जस्तो भयो”, सत्तापक्ष नेकपाका प्रमुख सचेतक भट्टराईले भनेका छन् कि, “क्वारेन्टिनको शौचालय, सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था, पिसिआर परीक्षण, मास्क, सेनिटाइजरको व्यवस्था राम्रो हुनुपर्छ ।” उनले गर्मीको मौसम भएको हुँदा तराईमा झुलको व्यवस्था गर्नका लागि समेत माग गरेका छन् ।

 

सांसदहरुकाे आराेप : क्वारेन्टिन जेल र गोठ जस्तो भयो
सांसदहरुकाे आराेप : क्वारेन्टिन जेल र गोठ जस्तो भयो

 

सांसद भट्टराईले भनेका छन् की “क्वारेन्टिनलाई नै आइसोलेशन वार्ड बनाउनुपर्ने अवस्थामा उपचारलाई अझ ध्यान दिएर भेन्टिलेटर बढाउनु अत्यन्त जरुरी भएको छ”, “राहतको बिषयमा भने सरकारले सही निर्णय गरेको छ, स्थानीय तहले राहतलाई व्यवस्थापन गर्नुपर्ने कुरामा धेरै ध्यान दिइरहेको छ, जनता भोकभोकै मर्ने अवस्था नआओस ।”

उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई यस्तो माहामारीको समयमा सहयोग गर्नको लागि कसैको पनि निर्देशन जरुरी नभएको जनाउँदै क्वारेन्टिनमा बसेका जनतालाई भोकबाट बचाउनु पर्नेमा जोड दिएका छन् । सांसद भट्टराईले रोजगारी गुमाएर अलपत्र परेकालाई स्वदेश ल्याउने काम अति उत्तम भएको भन्दै तिनको उचित व्यवस्थापन गर्न सरकारले कुनै पनि लापरबाही गर्नु नहुने बताएका छन् ।

नेपालमा कोरोनाको कारण जनता भोकभोकै,मन्त्री दुई करोड सात लाखको गाडी किन्दै

उनले खेतीपातीको मौसम शुरु भएको हुँदा किसानको लागि मल र बीउको समस्या हुन नदिन आग्रह गरेका छन् र दूध, तरकारी र फलफूल बजारमासम्म पुर्याउनको लागि सहज बातावरण बनाउनको लागि ध्यान दिनुपर्ने माग गरे । सांसद भट्टराईले एसइई र +2 परीक्षा सम्बन्धित विद्यालयबाट दिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेका छन् । उनले गणतन्त्र, सार्वभौमसत्ता र स्वाधीनता माथिको प्रहार रोक्नको लागि सबै एकजुट हुनु पर्नेमा पनि जोड दिएका छन् ।

नेकपाकै चक्रप्रसाद स्नेहीले सुदूरपश्चिममा आरडिटी परीक्षण गर्दा पाँच सय जनामा कोरोना फैलिएको बुझिएको जनाउँदै डडेलधुरा जिल्लामा भेन्टिलेटरको व्यवस्था गर्न र आरडिटी परीक्षणमा विश्वाससिलो नदेखिएकाले पिसिआर परीक्षणलाई बढाउनको लागि सरकारलाई आग्रह गरेका छन् । 

नेपाली काँग्रेसका रमेशजंग रायमाझीले क्वारेन्टिन गाई-गोठ जस्तो भएको छ भने मानिसहरु दिनभरि क्वारेन्टिनमा बस्छन् र  राति घरमा बस्ने गरेको देखिएको हुँदा त्यसतर्फ सरकारको ध्याना जाओस भनेका छन् ।

“कोरोना ६८ जिल्लामा फैलिसकेको छ त्यहिँ पनि सरकारले यसलाई सामान्य रुपमा लिएको छ, नेपाली जनतालाई बचाउनका लागि सरकारको  ध्यान जाओस”, सांसद रायमाझीले भने, “स्वास्थ्यकर्मीहरुलाई पर्याप्त मात्रामा स्वास्थ्य उपकरणहरु पनि छैन, स्वास्थ्य सामग्रीको अभाव भएको छ, पिपिई र मास्कमा कालो बजारी भइरहेको छ, सरकारले जनताको जिम्मा लिनुपर्छ ।” सांसद रायमाझीले लकडाउन भइरहेको बेलामा सरकारलाई पैसा आवश्यक पर्यो भनेर तत्काल कर माग्न नमिल्ने बताएका छन् ।

कांग्रेसकै तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको हुँदा क्वारेन्टिनलाई छिटै व्यवस्थित गरी पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिनु भएको छ  ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोनाबाट जनतालाई बचाउनका लागि पिसिआर परीक्षणलाई बढाउनु पर्ने र क्वारेन्टिन व्यवस्थित गर्न जरुरी भएको बताएका छन् । सांसद यादवले भने, “म आग्रह गर्छु की, सरकार गम्भीर बन्नुपर्छ, १० अर्ब कहाँ खर्च भएको छ  र रोगले १३ जना मरे तर अब भोकले धेरै जनता मर्ने अवस्थामा पुगेका छन् ।”

समाजवादी पार्टीकी प्रमिला कुमारी तथा नेकपाका रामनारायण बिंडारी र जीवन बुढाले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउनको लागि क्वारेन्टिन छिटो भन्दा छिटो व्यवस्थित गर्नका लागि सरकारलाई आग्रह गरेका छन् ।

 


Share This Post
  • 327
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here