नेपाल र भारत बिचको सीमा विवादबारे भाजपाकै चर्चित नेताले दिए नरेन्द्र मोदीलाई कडा चेतावनी
काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का शक्तिसाली नेताले भारतले नेपालसंग राम्ररी वार्ता गरेर सिमा विवादको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन्। भारतको राज्य सभाका सासंद सुब्रमण्यम स्वामीले विदेश मन्त्रालयका कूटनीतिज्ञहरूले नेपाली समकक्षीसँग नरम भएर वार्ताको लागि कदम चाल्नु पर्ने उल्लेख गरेका हुन् ।
उनको यो भनाईले के जनाउछ भने भारतले नेपाललाई पाकिस्तान,बंगलादेश र चीन लगायत अरु छिमेकीसँग गरिरहेको जस्तो व्यवहार गर्नुहुँदैन । शुक्रबार ट्विटरमा ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन, ‘प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयका कूटनीतिज्ञहरूलाई नेपाली सरकारसंग नरम भाषा प्रयोग गरेर वार्ताको लागि अपिल गर्नुपर्छ। नेपालसंग हाम्रो रगतको दाजु-भाईको नाता छ ।
PM should tell his MEA diplomats to use sweeter language with their Nepali counterparts. Nepali is our blood brother and younger one. If Nepalis feel alienated we should be broad shouldered to recognise that and soothe their feelings
— Subramanian Swamy (@Swamy39) May 29, 2020
यदि नेपाले आफूलाई सानो देश महशुस गर्छ भने हामीले छाती फराकिलो पारेर त्यसलाई बुझ्नुपर्छ र उनीहरूको त्यो भावनालाई शान्त बनाउनु पर्छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा भूमिलाई लिएर दुई देश बीचको तनाव बढ्पुदै गईरहेको छ । भारतले एक पक्षीय रूपमा नेपालसंग कुनै छलफल नै नगरी नेपाली भूमिमा सडक बनाएको भन्दै नेपालमा पछिल्लो समय भारतको चर्को विरोध पनि भइरहेको छ ।
नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी भुमि समेटेर नेपालको नयाँ नक्सा समेत जारी गरिसकेको छ । उक्त नक्सा प्रचलनमा ल्याउन संविधानको निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रक्रिया सुरू पनि गरिएको छ । नेपाल- भारत बिचको सिमा समस्या समाधान गर्न नेपालले पटकपटक वार्ताका लागि भारतलाई अनुरोध गर्दै आएपनि भारतले विभिन्न बाहाना बनाएर पन्छि रहेको छ ।
अहिले भारतले कोरोना महामारीको बाहाना आलटाल गरिरहेको छ । उनले नेपाल र भातबीच तनाब हुँदा पाकिस्तान निकै खुःशी भइरहेको पनि बताएका छन् । उनका अनुसार नेपालसँग भारतको सम्बन्ध खराब हुँदा पाकिस्तानी खुफिया एजेन्सी आइएसआई जस्ता धेरै आतंककारी संगठनहरुले भारत विरोधी गतिविधि गैरकानुनी रुपमा गर्न नेपाल–भारतको सीमाना भरपुर उपयोग गर्न सक्छन् ।
यस कुरालाई ध्यानमा राखेर भारतले नेपालसँग तत्काल नेपाल र भारत बिचको सिमा समस्या समाधान गर्नुपर्ने उनको भनाई रहेको छ । पूर्वमन्त्री समेत रहेका स्वामीसँग एकजना भारतीयले भने, ‘नेपालीहरू भारतीयको भाइहरू होइनन्, उनीहरू चिनियाँ जस्तो विश्वासघाती छन् ।
उनीहरूको अनुहार चिनियाँसँग मेल खान्छ, तपाँईसँग होईन ।’ यस्को जवाफ दिदै उनले लेखेका छन, ‘अनुहारसँग यस्को केही सम्बन्ध छैन । उनले नेपाल–भारत दुबै देशहरुमा बहुसंख्यक हिन्दुहरु भएको बताउँदै एक परिवारजस्तै भएको बताएको छन् । नेपालसंग भारतको बर्षौं- बर्षौंको नाता छ, यो नत भारतले नत नेपालले चाहेर दुई देश बिचको नाता तोड्न सक्छ ।